मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डा. शेखर कोइराला आगामी १५औं महाधिवेशन निर्वाचनमा सभापतिको उम्मेदवार बन्ने आफू त्यहि समूहमा रहेर साथ समर्थनमा लाग्ने सहमहामन्त्री जीवन परियार
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले डा. शेखर कोइरालाको नेतृत्वमा आफू भएको बताउनुभएको छ । आगामी १५औं महाधिवेशन निर्वाचनमा सभापतिको उम्मेदवार बन्ने र आफू त्यहि समूहमा रहेर साथ समर्थनमा लाग्ने उहाँले स्पष्ट पार्नुभयो ।

    हिजो विराटनगरमा पत्रकारसँग कुरागर्दै नेता कोइरालाले पनि पार्टीको १५ औँ महाधिवेशनमा सभापतिमा उममेदवार बन्ने घोषणा गर्नुभएको थियो ।

    १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर निकटतम प्रतिद्वन्द्वी भएकाले १५औँ महाधिवेशनमा स्वतः सभापतिमा दाबी रहने कोइरालाको भनाइ छ ।

    नेता परियारले पनि नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आगामी महाधिवेशनबाट कोइराला नै सभापति बन्ने दाबी गर्नुभएको छ ।

    यस्तै अर्को प्रसंगमा नेता परियारले सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर हुनेबित्तिकै निलम्बन हुने व्यवस्था हटाउने सांसदहरूको सुझावमा आफू पनि सहमत भएको बताउनुभएको छ । मुद्दा दायरलगत्तै निलम्बन हुने कानुनी व्यवस्था बदल्नुपर्ने नेता परियारको भनाइ छ ।

    यस्तै, वर्तमान सरकारको एक महिनामै मूल्याङकन गर्नुपर्ने समय भइनसकेको बताउँदै उहाँले कम्तिमा सय दिन दिनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस एमालेको वर्तमान सरकारले सुरुवाती काम राम्रो गरिरहेको अनुभुति भएको दाबी गर्नुभएको छ

  • ३२ श्रावण २०८१, शुक्रबार १०:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित