काठमाडौ भादाै १ । इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एशोसिएसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले उम्मेदवार टुंगो लगाएको छ ।
भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । त्यसका लागि लोकतान्त्रिक समूहले चितवन निवासी इञ्जिनियर सुवास चन्द्र बराललाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ ।
बराल नेतृत्वको प्यानलमा प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिवको उम्मेदवार छन् । यसैगरी उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल उम्मेदवार छन् ।
लोकतान्त्रिक समूहले सहमतिमै प्यानल टुंगो लगाएको बरालले बताए ।
अध्यक्षका उमेदवार बराल दुई दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहँदै आएका छन् । यस्तै महासचिव पदका उम्मेदवार पण्डित सिडेनका पूर्वमहासचिव समेत हुन् ।
इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको थियो ।
लोकतान्त्रिक समूहको प्यानल
अध्यक्ष : इ.सुवास चन्द्र बराल
उपाध्यक्ष : इ.प्रकाश केसी
महासचिव : इ.विनोद प्रकाश पण्डित
उपमहासचिव : इ.अनिल मानन्धर
कोषाध्यक्ष : इ.सुमन थापा
सहकोषाध्यक्ष : इ.कृष्णप्रसाद पोखरेल
सदस्यहरु : इ.यम कृष्ण पौडेल
इ.प्रभुराम पोखरेल
इ.एमेन्द्र गुरुङ्ग
इ.अनिल पौडेल
इ.संजय कुमार साह
इ.नेत्र प्रसाद देवकोटा
इ.भैरव धिताल
इ.सुजन श्रेष्ठ
इ.लोकेन्द्र अधिकारी
इ.विक्रम कुमार दास
इ.प्रियंका गुप्ता र
इ.जय किसुन राय