नेपालगन्ज भदाै ५ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने बताएका छन । नेपाल प्रेस युनियन बाँकेद्वारा आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा साे कुरा बताएका हुन ।
मन्त्री चौधरीले प्रदेश राजधानी सुर्खेतमा हुने प्रतियोगिताका खेलहरू समयमै सुरू गर्नेगरी रङ्गशाला निर्माण प्राथमिकताका साथ भइरहेको बताए ।
पत्रकारहरूकाे एक प्रश्नकाे जवाफ दिदै मन्त्री मन्त्री चौधरीले खेलाडीका सन्तानको निःशुल्क उपचार, निःशुल्क शिक्षा, रोजगारी र बीमाको व्यवस्था गर्न सरकारले अन्तिम गृहकार्य गरिरहेको बताउदै मन्त्री चौधरीले खेलाडीको विदेश पलायन रोक्न सरकारले छिट्टै यी कार्यक्रम लागू गर्ने तयारीमा रहेको बताए । सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र व्यवस्थापनबारे जानकारी लिएर फर्किएका चौधरीले प्रतियोगितामा ३६ खेलहरु खेलाइने भएपनि बढीमा २४ खेल मात्र सुर्खेतमा सम्भव देखिएकाले बाँकी खेल नेपालगञ्ज र कोहलपुरमा खेलाउने विषयमा छलफल र अवलोकन गर्न आफू नेपालगञ्ज आएको बताए ।
पत्रकार सम्मेलन नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सम्पन्न भएको थियोे । पत्रकार सम्मेलनमा कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको पनि उपस्थिति थियो ।