मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मेयरले आफ्नै घरमा डोजर चलाएर लमहीको सडक विस्तार अभियान सुरू
  • मार्गरेखा संवाददाता

  • दाङ लमहि भदाै ६ । लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आफ्नै घर भत्काएर लमही-कोइलाबास सडक विस्तार सुरु गरेका छन् ।

    बुधबार दिउँसो लमही बजारमा रहेको आफ्नो पुरानो घर डोजरमार्फत् भत्काएर मेयर चौधरीले हुलाकी सडक विस्तार सुरु गरेका हुन् ।

    विगतमा धेरै कार्यालयहरू बसे । व्यक्तिगत रुपमा पनि प्रयोग भयो,’ मेयर चौधरीले भने, ‘सडक फराकिलो बनाउने क्रममा सडक क्षेत्रमा परेपछि मैले मेरै घर भत्काएर सडक विस्तार सुरु गरें ।’

    भारत सरकारको ७६ करोड अनुदान सहयोगमा ३३.४६ किलोमिटर लामो लमही-कोइलाबास हुलाकी सडक विस्तार गरी कालोपत्र गरिएको थियो । त्यसक्रममा ३६ करोड बढी बजेट मुआब्जामा खर्च भएको छ ।

    हुलाकी सडक औपचारिक रुपमा नेपाल सरकारलाई २०७७ साल चैत १८ गते हस्तान्तरण भएको थियो । तर लमही बजार क्षेत्रमा भने सडक साँघुरो छ । त्यहीभएर लमही बजार क्षेत्रमा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो ।

    यसअघि सडक डिभिजन कार्यालय दाङले साउन २९ गते सूचना निकालेर सडकको दायाँ-बायाँ १५/१५ मिटर क्षेत्रमा परेका सबै संरचना हटाउन ३५ दिने म्याद दिएको थियो । सो अवधिभित्र कसैले आफैं घर तथा संरचना नहटाए सडक डिभिजन कार्यालयले आफैं हटाउने र हटाउँदा लाग्ने खर्च सम्बन्धित घर धनीबाट असुल्ने चेतावनी दिएको छ ।

  • ६ भाद्र २०८१, बिहीबार ०९:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित