मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ, भदौ ६ गते । प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

    प्रथम राष्ट्रपति डा. यादवले देशका अधिकांश सामुदायिक विद्यालयमा मुख्य शिक्षकहरू नपाइने समस्या विद्यमान रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले एसइईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु यसकै नतिजा रहेको बताउनुभयो ।

    उहाँले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताउनुभयो । उहाँले शिक्षा विधेयक अहिले संसदमा रहेको भन्दै यसमा आवश्यक विचार विमर्श गर्न आग्रह गर्नुभयो ।

    ‘‘अहिले शिक्षा विधेयक हाउसमा छ । राम्रोसँग सोच्नुस्, राम्रोसँग विचार गर्नुस् । कम्तीमा सामुदायिक विद्यालयहरूमा ८० प्रतिशत विद्यालयमा शिक्षक छैनन् । ५२ प्रतिशत विद्यार्थी एसइईमा फेल भए भनिरहेका छन् । मुख्य मुख्य शिक्षकहरू नै छैनन् । राहत वा सामुदायिक स्तरमै राखेर जेनतेन अध्ययन गराइएको छ ।,’’ प्रथम राष्ट्रपति डा. यादवले भन्नुभयो, ‘‘यसले नेपाली समाजलाई कहाँ लगिएको छ भन्ने देखाउँछ । संविधानको दोष छैन । संविधान गणतन्त्र, लोकतन्त्र, समावेशी छ, सङ्घीयतासहित छ । सारा कुरा छ । तर त्यो लागू कसरी गर्ने देखिरहेको छ ।

    प्रथम राष्ट्रपति यादवले सबै मिलेर कोलाहल मच्चाउने काम भइरहेको बताउनुभयो । उहाँले देशमा ८० प्रतिशत खाद्यान्न बाहिरबाट आउने गरेको भन्दै यस्तै प्रकारले देशमा समाजवाद नआउने बताउनुभयो ।

  • ६ भाद्र २०८१, बिहीबार १९:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित