मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल तरुण दल बाँकेले बाँके प्रशासनमार्फत गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र ( ज्ञापन पत्रकाे पुर्ण पाठ सहित)
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज भदाै,७१ । नेपाल तरुण दल बाँकेले बाँके प्रशासनमार्फत गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । तरुण दलले आफ्ना कार्यकर्तामाथि धारिलो हतियार (खुँडा) प्रहार गरी गम्भीर घाइते बनाउनेलाई कडा कारबाहीका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो । जिल्ला अध्यक्ष विरेन्द्र बहादुर शाहको नेतृत्वमा नेपाली कांग्रेस बाँके पार्टी कार्यालय नेपालगञ्जबाट शान्तिपूर्ण प्रदर्शनसहित निस्केको र्याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । प्रशासन पुगेर सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीमार्फत गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको सचिव विनोद रिजालले जानकारी दिए ।

    भदौ १ गते साँझ राप्तीसोनारी २ का सन्दीप विष्ट र बैजनाथ ७ का सुलभ मल्लमाथि ज्यान मार्ने उद्देश्यले १०/१५ जनाको एक समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राप्तीसोनारी वडा नम्बर २ का वडा अध्यक्ष समेत रहेका ज्ञानेन्द्र राज वली ‘ज्ञानु’, वडा नम्बर २ का अगैयाका नारायण डिसीसहित केहीलाई पक्राउ गरिसकेको छ । केही अझै फरार छन् । तरुण दलले घटनामा संलग्न सबैलाई कडा कारबाहीका लागि ध्यानाकर्षण गराएको हो ।

  • ७ भाद्र २०८१, शुक्रबार १६:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित