मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी किन १ सय २४ जना कर्मचारीको सरुवा एकैपटक गरे ( सरूवाकाे शुचि सहित)
  • मार्गरेखा संवाददाता

  • दाङ, ८ भदौं । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले १ सय २४ जना कर्मचारीको सरुवा
    एकैपटक गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीति अनुसार वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं सम्मका कर्मचारीको सरुवा गरेका हुन् । वन तथा वातावरण
    मन्त्री कुर्मीले गरेको निर्णय प्रदेशको सरकारको नीति अनुसार हाल सम्मकै ऐतिहासिक निर्णय भएकाे जनाएका छन ।
    दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति प्रदेश सरकारको रहेको छ । तर त्यसको त्यसको कार्यान्वयन कुनै पनि मन्त्रालयले गरेका थिएनन् । प्रदेश सरकारले हरेक
    वर्ष भदौं ७ गते सम्म कर्मचारी सुरुवा गर्नुपर्ने नीति बनाएको छ । त्यही नीतिलाई पालना गर्दै मन्त्री कुर्मीले एउटै कार्यालयमा दुई वर्ष भन्दा धेरै कार्यरत कर्मचारीहरुको सरुवा गर्नु भएको हो । मन्त्रालयले सार्बजानिक गरेको सरुवा लिष्टमा
    दुई बर्ष भन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरुको सरुवामा भएको छ । लामो समयसम्म एकै जिल्लामा बसेर काम गरिरहेका धेरै अधिकृतहरु सरुवामा परेका छन् । वन
    तथा वातावरण मन्त्रालयको जिम्मेवारी समालेका मन्त्री बादशाह कुर्मीले नीतिगतरुमै निर्णय गरिएको बताउदै  एकै स्थान र जिल्लामा बसेर काम गर्दा कामको प्रभावकारिता पनि
    घटेर जान्छ । कर्मचारीको नियमित सरुवा नहुँदा जिल्लामा समस्याहरु पनि सृजना भैरहेको हुन्छ । गुनासोका आधारमा हामीले यो निर्णय गरेका हौं । कर्मचारीको कामको
    मुल्यांकन गर्नको लागि नियमित सरुवा आवश्यक
    भएकाे हाे । गत बर्षपनि मन्त्रालयले ७ बर्ष बढी अबधी काम गरेका अधिकृतहरु सरुवा गरेको थियो ।
    मन्त्रालयले वन प्रशासनलाई व्यवस्थित र चुस्त बनाउन गरेको यो निर्णय मन्त्रालयस्तर भएको जनाईएकाे छ

  • ८ भाद्र २०८१, शनिबार १०:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित