मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको हो : परराष्ट्रमन्त्री आरजु राणा
  • मार्गरेखा संवाददाता

  • अस्थिरताकै कारण मुलुकमा सरकारले अपेक्षाअनुसारको काम गर्न नसकेको उल्लेख गर्दै मन्त्री राणाले सबै देशले नेपाललाई पर्याप्त सहयोग गर्न चाहेको बताउनुभयो । कांग्रेस र एमालेको सरकार २०८४ सालसम्म नै टिक्ने उहाँको भनाइ थियो । मन्त्री राणाले भन्नुभयो, “नेपालको संविधानको मूल मर्म र भावनालाई परिवर्तन नगरेर सरकारले संविधानको ‘रिभ्यू’ गर्नेछ ।” संविधान शान्तिको दस्तावेजका रुपमा लिइएकाले संविधानमा विविधता, समावेशिताजस्ता कुरामा परिवर्तन नहुने उहाँले बताउनुभयो । आफ्नो हालैको भारत भ्रमणका क्रममा भारतसँग महाकाली नदीमाथि बैतडीको झुलाघाट नाकामा र डडेल्धुराको परशुराममा पक्की पुल निर्माण गर्नेबारे कुरा भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला बनाउन भारतीय पक्ष सकारात्मक छ ।” गौरीफन्टा नाकाको स्तरोन्नति तथा टनकपुर बाँधबाट सिँचाइका लागि पानी छाड्ने विषयमा समेत भारतीय पक्षसँग छलफल भएको मन्त्री राणाले बताउनुभयो । इजरायलमा बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि सरकारले गम्भीर रुपमा पहल गरिरहेको उहाँले बताउनुभयो ।
  • १३ भाद्र २०८१, बिहीबार १३:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित