मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

१७ औं राष्ट्रिय पुस्तकालय दिवसको पूर्वसन्ध्यामा ३५ जनाले रक्तदान गरे
  • मार्गरेखा संवाददाता

  • काेहलपुर भदाै १४ । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने १७ औं राष्ट्रिय पुस्तकालय दिवसको पूर्वसन्ध्यामा कोहलपुरमा रक्तदान गरिएकोछ ।  ज्ञानोदय सामुदायिक पुस्तकालय स्रोत केन्द्र कोहलपुरको आयोजनामा उक्त रक्तदान गरिएको हो ।
    ज्ञानोदय सामुदायिक पुस्तकालयको प्राङ्गणमा भएको रक्तदानमा ३५ जनाले रक्तदान गरेको सचिव एकराज शर्माले जानकार दिए ।
    कोहलपुर नगरपालिका वडा नम्बर–११ की वडाअध्यक्ष कल्पना अधिकारीले रगत संकलन गर्ने प्याकेट रेडक्रसका कर्मचारीलाई प्रदान गर्दै रक्तदान कार्यक्रम आरम्भ भएको थियो ।
    ज्ञानोदय सामुदायिक पुस्तकालय स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईका अनुसार १७ औं राष्ट्रिय पुस्तकालय दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम गरिएको जानकारी दिए ।
    उनका अनुसार दिवसको अवसर पारेर भदौ १ गते १४ विद्यालयका विद्यार्थी सम्मेलित खुल्ला भानुभक्तीय रामायण वाचन गरिएको, भदौ ८ गते २८ वटा विद्यालयको सहभागितामा आधारभूत तहको चित्रकला प्रतियोगिता गरिएको र भदौ १० गते २६ वटा माध्यमिक विद्यालयको सहभागितामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको जानकारी दिए ।
    अध्यक्ष भट्टराईका अनुसार ज्ञानोदय सामुदायिक पुस्तकालय स्रोत केन्द्र कोहलपुरले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजयीहरुलाई भोली शनिबार ११ बजे हुने २० औं वार्षिक साधरण सभामा पुरुस्कार वितरण गरिनेछ ।

  • १४ भाद्र २०८१, शुक्रबार १७:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित