मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

छोराको सम्झनामा रोका दम्पत्तीले खानेपानीकोे धारा निर्माण गरे
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, भदौं १६ गते । बाँकेको खजुरा ४ ईगाउँमा एक दम्पत्तिले छोराको स्मृतिमा पिउनेपानीको धारा निर्माण गर्नुभएको छ ।
    जेष्ठ सुपुत्र अर्जुन रोकाक्षेत्रीको निधन भएको ४५ औं दिनको पुण्यतिथिको सन्दर्भ पारेर आईतबार ईगाउँ चोकमा खानेपानीको धारा निर्माण गरि सञ्चालनमा ल्याइएको छ । स्व. अर्जुनका बुवा चोकबहादुर र आमा खिमा रोकाले आईतबार संयुक्तरुपमा खानेपानी धाराको शुभारम्भ गर्नुभयो ।
    स्थानीय सर्वसाधारण तथा बटुवालाई लक्षित गरि उनीहरुको सहजताका लागि खानेपानीको धारा निर्माण गरिएको स्व. अर्जुन रोकाका पिता चोकबहादुरले बताउनुभयो । २६ बर्षिय अर्जुन रोकायको गत साउन ४ गते नेपालगञ्जको धम्बोझीमा मोटरसाईकल दुर्घटनामा परेर निधन भएको हो । स्व.अर्जुन रोकाको २६ औं जन्मदिनको सन्दर्भ पारेर भदौं १९ गते वडा कार्यालयमा बृक्षारोपण गरिने भएको छ ।

  • १६ भाद्र २०८१, आईतवार १७:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित