मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आज सोमबारे औंशी, नबोली नुहाउने दिन (यस्तो बेला केके गर्नुपर्छ विवरण सहित)
  • मार्गरेखा संवाददाता

  • आज सोमबारे औशी परेको छ । आजको दिन नबोली नुहाउने दिन पनि हो । हरेक महिनामा एउटा औशी हुन्छ तर सोमबारको औशीको संयोग भने कहिलेकाही मात्र हुने गर्दछ । यो पर्वका दिन स्नान र दान दिनको लागि शुभ मानिन्छ । आजको दिनमा श्रदालु भक्तजनहरु स्नान गर्न नजिकै रहेको तिर्थस्थलमा गएर स्नान गर्दछन ।
    धार्मिक शास्त्रीय अनुसार महाभारतका पात्रहरुले आफ्नो जीवनकालमा आजको दिन सोमबारे औशीको तिथि प्राप्त गर्न नसकेको भनाई रहेको छ ।
    वैदिक सनातनिका अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भन्ने आम जनविश्वास रही आएको छ । सोमबारको दिनलाई चन्द्रमाको दिन भनेर मानिन्छ । सोमबारका दिनलाई आरध्य देव भगवान शिवजीको दिन पनि मानिन्छ । आजको दिन भगवान शिवजीमै समर्पित बार हो ।
    सोमबारे औशीमा विहान उठेर नबोली स्नान गर्नाले एक हजार गाई दान गरे बराबरको फल मिल्दछ भन्ने धर्मशास्त्रमा उल्लेख गरिएको छ । सोमबारको योग अन्य तिथि बारको योग भन्दा विशेष महत्वपुर्ण मानिन्छ ।
    यस औंशीका दिन पिपलको वृक्षको फेदमा लक्ष्मीसहित भगवान विष्णु आएर बस्नुहुने हुनाले यस दिन पिपलका फेदमा विष्णुलक्ष्मीको पूजा गर्न गर्दछन । यस दिन पिपलको पूजा गरी दीपदान र पिपलका जरामा जलदान समेत गर्नुपर्दछ । यसरी पूजा दिप दान र जलदान गर्नाले निकै शुभ र राम्रो रहन्छ ।

     सोमबारे औशींको दिन केके गर्ने त ?

    १ सोमबारे औशींको दिन हामी कसैसँग नबोलीकन नुहाउनुपर्छ । सुर्य उदाउनुभन्दा अगाडि कोहीसँग नबोली पानीलाई गंगा सम्झेर पूजा गर्नुहोला ।

    २. त्यसपछि आफ्नो नित्य कर्महरु गर्नुहोस् ।

    ३. सोमबारको दिन ब्रत बस्नुहुन्छ भने रुद्राक्ष अनिवार्य लगाउनुहो् ।

    ४. पहेलों केशरी अवश्य लगाउनुहोस् ।

    ५. सोमबार , साउन र औशी परेकोले शिवलाई विशेषरुपमा पुजा गर्नुहोस् ।

    ६. आफ्नो लक्ष्य मनमा लिएर संकल्प गरेर पूजा गर्नुहोस् ।

    ७. पृतृको लागि महत्वपुर्ण भएकोले उहाँहरुको लागि सेतो तथा पहेलो वस्त्रले पूजा गर्नुहोस् ।

    ८. पीपलमा जल चढाउनुहोस् ।

    ९. औशीमा जन्मेका व्यक्त्तिहरुले केही कुराहरु दान गर्नुहोस् तपाईलाई पनि राम्रो हुनेछ ।

  • १७ भाद्र २०८१, सोमबार ०७:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित