मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पश्चिमका थारू समुदायहरूले आज बड्का अट्वारी पर्व धुमधामका साथ मनाइँदैछ  
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज भदाै २३ । पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा आज बड्का अट्वारी पर्व धुमधामका साथ मनाइँदैछ ।  यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने चलन छ । अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोवास रहेका ६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ ।

    हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी ब्रतको तयारी सुरु हुन्छ । यो पर्व दुई दिनसम्म मनाइन्छ । द्वापर युगमा पाँच पाण्डव मध्येका माहिला भाई भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आज दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ ।

    अर्को विश्वास अनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ। दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ ।

    अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । वर्त बसेका बर्तालुहरुले फलफूल लगायतका पकवान खानु पूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । पूजाको काम सकिएपछि पकाइएका खानाका परिकारलाई व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान पकाइएको परिकार विवाहित आफ्नी छोरी बहिनीको घरसम्म पु-याइदिने प्रचलन छ । छोरीबहिनीका लागि छुट्ट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ ।

    अट्वारी पर्वमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी पश्चिममा सार्वजनिक बिदा दिएको छ ।

  • २३ भाद्र २०८१, आईतवार ०९:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित