मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दुई नेपाली सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज भदाै २६ ।   ठुलो परिमाणको लागुऔषधसहित दुई नेपाली सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेका छन् ।

    रुकुमको सिस्ने गाउँपालिका वडा नं. ५ का ५० वर्षीय बरीलाल घर्ती र ३९ वर्षीया नरमाया घर्ती २ किलो १ सय ६० ग्राम लागुऔषध अफिमसहित पक्राउ परेका हुन् । बरीलाल र नरमाया पति–पत्नि हुन् ।

    रुपईडिहास्थित एसएसबीको ४२औं वाहिनीका इन्स्पेक्टर सत्येन्द्र सिँहको नेतृत्वमा रहेको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ ।

    अफिमसहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि बहराइच कारागार चालान गरिएको रुपईडिहाबाट पत्रकार सन्तोष शुक्लाले जनाएका छन्

  • २६ भाद्र २०८१, बुधबार १५:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित