मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बबिनाको  ‘तिम्रै झझल्को’ सार्वजनिक
  • मार्गरेखा संवाददाता


  • काठमाडौ :
      कसै संग माया बस्यो भने कस्तो हुन्छ होला ? आँखा भरि उनकै झझल्को, मुटु भरि उनकै सम्झना, दिन अनि रात हरपल उनकै याद, उनकै कल्पना, जता गए पनि उनको याद संगसंगै, छायाँले जस्तै पछ्याइरहन्छ उनको यादले, पलभर पनि छोड्दैन । मुटुको हर ढुकढुकीमा उनकै आभाष मिल्ने गर्दछ । विपनीमा मात्र होइन हर रात सपनीमा पनि उनकै यादले सताउने गर्छ, तड्पाउने गर्छ, झस्काउने गर्छ, मनले यति प्रेमिल मानेको उनको साथ, उनको माया अनि यति समर्पित भाव उनी प्रति दर्शाउदा दर्शाउदै उनले विचमा छोडिदिदा मन कस्तो होला ? कति विह्ल होला ? कति विरही होला ? सच्चा प्रेमको वदलामा उनीवाट भएको यो छल, यो झेल, यो झुठोपनले मुटु कति पोल्छ होला ? उनको झेलले कसैको मनको साँचो, चोखो, निर्मल, निश्चल, निष्कपट र स्वच्छ माया यसै कता हराउँछ कता ? उनले दिएकी चोट, उनले दिएकी धोखा, उनले दिएकी पिडाले मनमा आँधी, हुरी, हुण्डरी उत्पन्न गर्छ अनि त्यो आँधी हुरीले कसैको मनमा स्वच्छ भावले निरन्तर प्रज्वलित दीप झ्याप्प निभाउँछ अनि त्यो दीप कहिल्यै बल्दैन । त्यो धोखाले आँखाबाट आएको बाढीले विश्वासको भरोसालाई बगाएर कता पुर्याउँछ कता ..न कसैले खोज्न सक्छ न कसैले भेट्न सक्छ ।जसरी धर्तीमा बसेर आकाशको जून छुन सकिदैन उनी पनि त्यतै नै टाढा पुगेकी छिन्, न उनलाई भेट्न सकिन्छ न उनलाई पाउन सकिन्छ । उनको साथ विरानो हुन्छ, उनको माया धुमिल हुन्छ र पनि मनले उनलाई भुल्न सक्दैन, उनीलाई नै सम्झेर, उनीलाई नै कल्पेर, उनकै यादमा तड्पेर, उनकै यादमा भुलेर बाँच्न विवश हुन्छ, उनको झभल्कोलाई न मेट्न सकिन्छ, न छेक्न सकिन्छ न त करौतीले रेट्न सकिन्छ, जति रेट्नु उनकै यादले रेट्छ, उनको याद नै मन, मुटु रेट्ने करौती बनिदिन्छ । उनको झझल्को सधैं आँखा भरि भरि अनि मनको कुना कुनामा आइरहन्छ, छाइरहन्छ ।

    आँफूले माया गरेर मुटुमा राखेको मान्छेले धोखा दिएर विच बाटोमा छोड्दा अवको यात्रा न यता न उता..न अगाडि बढ्न सकिन्छ न त पछाडी हट्न सकिन्छ ..दोधारमा, दोवाटोमा यता न उताको, लक्ष विहिन अवस्थामा पुग्ने गर्दछ । अव त लाग्छ जीवन यत्ति नै रहेछ, यस्तै नै रहेछ, मर्नु न बाँच्नुको दोसाधमा अल्झन्छ जीवन, न त खुसीले बाँच्न सकिन्छ न त जीवन खेर फाल्न नै सकिन्छ …निभेको प्रेमको दियो, आँखाको बाढीले बगाएको भरोसा, आँखा भरिको उनको झभल्को, उनको याद, उनको सम्झना अनि उनको कल्पनालाई मन भरि केलाएर अनि खेलाएर जवरजस्त बाँच्न बाध्य हुनु पर्ने रहेछ ….!

    गीतकार श्याम कृष्ण डंगोल ‘प्रतीक्षा’ ले लेखेका यस्तै विरही भावको गीत ‘तिम्रै झझल्को’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन सहित पहिलो नेपाली ‘चारु’ गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ । बबिना भट्टराईको अफिसियल युटुव मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो ललितपुरको ठेचो र आसपासको सुन्दर पृष्ठभूमिमा छायाकंन गरिएको छ । गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका छन् भने मिक्सिङ र मास्टरिङ महेश्वरमान राजभण्डारीको रहेको छ । गौरीघाट स्थित स्टुडियो साउण्ड मिलमा महेश्वरमान राजभण्डारीले रेकर्ड गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा नविन लुहागुन, ओसिन आङ्दाङ्वे, राजु श्रेष्ठले अभिनय गरेका छन् भने कलाकारलाई रोनी ग्लाम स्टुडियो धुमबाराहीको तर्फबाट रोनिशा अधिकारीले आफ्नो श्रृङ्गार कलाले सिंगारेकी छिन्</div

  • ५ आश्विन २०८१, शनिबार ०८:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित