मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ठुलो परिणाममा सुनसहित दुई जना भारतीय नागरिक पक्राउ
  • मार्गरेखा संवाददाता

  • हटाैडा असाेज १९     मकवानपुर प्रहरीले ठुलो परिणाममा सुनसहित दुई जना भारतीय नागरिक पक्राउमा परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक  विश्वराज खडका नेतृत्वको  प्रहरी टोलीले   हेटौडा उपमहानगरपालिका, वडा नं १५ रातोमाटे चेकपोस्ट स्थित पूर्व पश्चिम सडक खण्डबाट शनिवार बिहान ३ बजेको समयमा  आठ केजी सुनसहित दुई जना पक्राउ गरेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

    पलैयाबाट हेटौडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२(०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडि सवार  भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने वर्ष २७ को राहुल भिट्टिहाल  बाडलाई सुनसहित पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

    उनीहरुको शरीर तथा स्कुटर समेत खानतलासी गर्दा शरीरको विभिन्न भागमा लुकाई छिपाई राखी ल्याइएको अवस्थामा बिजक नभएको  भन्सार छलिका सुन ल्याएको भन्दै उहाँले  बिस्कुटको आकारको ८ थान सुन तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम रहेको पाइएको बताउनुभयो ।

    आजको बजार भाउ अनुसार सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको उहाँले बताउनुभयो ।

    सुन सहित निजहरू अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

  • १९ आश्विन २०८१, शनिबार १०:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित