मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मलेसिया सरकारले कामदारको न्यूनतम तलब १७०० रिङ्गेट तलब बढाउने निर्णय
  • मार्गरेखा संवाददाता

  • प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्ट २०२५ देखि लागू हुने बताए ।

    ‘सरकारले सधैं जनताको आम्दानीको मुद्दालाई प्राथमिकता दिन्छ । जनताले जीवनलाई अझ सहज बनाउन पर्याप्त तलब र पारिश्रमिक पाउँदा मात्र आर्थिक पुनर्संरचना सफल भएको मानिन्छ,’ उनले भनेका छन्, ‘सरकारले न्यूनतम तलब १५०० बाट १७०० मलेसियन रिङ्गेट प्रतिमहिना बढाउने निर्णय गरेको छ, जुन १ फेब्रुअरी २०२५ देखि लागू हुनेछ ।’

    नयाँ तलब कार्यान्वयन हुनुअघि त्यहाँको मान संशाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार गरी प्रकाशित गर्नेछ । त्यसैले नयाँ तलब कार्यान्वयनमा केही ढिला हुने भएको हो ।

    मलेसियामा १९ मार्च २०२२ यता न्यूनतम तलब १५०० रिङ्गेट थियो । तर, उद्योग र उत्पादन प्राविधिकको सुरुआति तलब भने यसअघि नै करिब २३०० रिङ्गेट छ ।

  • ३ कार्तिक २०८१, शनिबार १०:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित