मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुदूरपश्चिम प्रदेश विकासका लागि सरकारले सुरु गरेका रणनीतिक योजना तत्काल अघि बढाउनु पर्ने सभापति देउवा
  • मार्गरेखा संवाददाता

  • डडेल्धुरा, कात्तिक २९ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रणनीतिक योजना अघि बढाउनुपर्ने बताउनुभएको छ । सभापति देउवाको प्रमुख आतिथ्यमा बिहीबार नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकमा उहाँले डडेलधुरालगायत सुदूरपश्चिम प्रदेश विकासका लागि सरकारले सुरु गरेका रणनीतिक योजना तत्काल अघि बढाउनु पर्ने बताउनुभएको हो । 

    पश्चिमसेती जलविद्युत योजना, डडेल्धुरामा हवाई मैदान, दैजी–लिप्ना–जोगबुडा–चिर्किट्टे–बझाङ जोड्ने सडक, डडेलधुरा मेडिकल कलेज लगायतका योजना अगाडि बढाउन सबैले लाग्नुपर्ने बताउनुभयो ।

    सरकारका रणनीतिक योजनामा कांग्रेसले सघाउनु पर्ने भन्दै उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभएको कांग्रेस जिल्ला कार्य समिति डडेलधुराका सचिव हेमराज चटौतले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामले पूर्णता पाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको थियो ।

    बैठकमा कांग्रेसको सय दिने सङ्कल्प यात्राबारे चर्चा भएको थियो । सभापति देउवाले सङ्कल्प यात्राको उद्देश्यअनुसार काम गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको उहाँले बताउनुभयो । कांग्रेस पार्टीको नेतृत्वमा देशमा प्रजातन्त्र आएको उल्लेख गर्दै उहाँले लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि कांग्रेस नेता कार्यकर्ताले अहम् भूमिका खेल्नुपर्ने बताउनुभयो ।

    कात्तिक २६ गते गृह जिल्ला डडेलधुरा पुग्नुभएका देउवा विभिन्न देवीदेवताको पूजाआजा दर्शनसँगै कार्यकर्ता भेटघाटमा व्यस्त रहनुभएको छ । यहाँका स्थानीय तहका जनप्रतिनिधि, कार्यकर्ता एवं विभिन्न राजनैतिक दलहरूले जनताका सहजताका लागि विभिन्न माग राख्दै योजनाहरू निर्माण गर्न मागपत्र बुझाउनु भएको छ ।

     

  • २९ कार्तिक २०८१, बिहीबार १५:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित