नेपालगञ्ज मंसिर ५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नरैनापुरको शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सिंचाई सबै प्रकारको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताएका छन ।
साे कुरा बाँकेको नरैनापुरमा नेकपा एमालेले बुधबार आयोजना गरेको बिशेष कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकितामा राखेर योजना तर्जुमा गर्ने बताए ।
मुख्यमन्त्री आर्चायले सिमान्तकृत समुदायको जीवनस्तर उठाउने गरी कार्यक्रम निर्माण प्रदेश सरकारले गरेको बताए ।