मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

समाजिक संजालबाट मानवबेचबिखन गर्ने गिरोह सक्रिय
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज पुस १६ । माइती नेपाल र नेपाल पत्रकार महासंघ बाँकेको सयुक्त रूपमा मानव बेचबिखन तथा ओसारपसार बिरूद्व संचारकर्मीहरूसंगको अन्तरक्रिया कार्यक्रम मंगलबार नेपालगन्जमा आयोजना गरिएको छ ।
    अन्तरक्रियामा माइती नेपाल नेपालगन्जका संयोजक केशब कोईरालाले साजिक संजालको माध्यबाट मानबबेचबिखनको गर्ने गिरोह सक्रिय रहेको हुनाले सबै सचेत हुनु पर्ने बताए ।
    कोईरालाले जोखिमपुर्ण यात्रामा रहि सिमानाबाट ५९८ महिला, बालबालिकालाई उद्वार, श्रम र यौवन शोषणमा परि उद्वार १३ जना महिला, बालबालिकालाई उद्वार, नेपाल र भारतका सिमानामाबाट परामर्श दिई ४३८ जनालाई घर फिर्ता, खोज तलासको निबेदन ७७७ जनाको निबेदन आएकोमा फेला ४०७ जनालाई परेको बताए ।
    संयोजक कोइरालाले घरेलु हिंसाका निबेदन १२ जनाको मध्ये १० जनाको समस्या समाधन गरेको बताउदै माइती नेपालले सिपमुलक तालिम ३ जना र बेचबिखन घटनाको ३ वटा मुद्वा दर्ता गरेको बताउदै मानवबेचबिखन र सुरक्षित बसाई सराई बारे जानकारी दिई पारिवारिक पुर्नमिलन ६१३ जनालाई गराईएको बताए ।
    अन्तरर्किया कार्यक्रम नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • १६ पुष २०८१, मंगलवार १३:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित