मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वि.पी. कोइरालाको ४३ औं स्मृति दिवसमा १०० जनाकाे निशुल्क स्वास्थ परिक्षण
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज साउन ७। नेपाली काँग्रेसका संस्थापक नेता, बहुदलीय लोकतान्त्रिक आन्दोलनका अगुवा र पूर्वप्रधानमन्त्री स्वर्गीय बिश्वेश्वरप्रसाद (वि.पी.) कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका–७, नन्कौपुरमा एक दिने महिला सम्वन्धि स्वास्थ्य अवस्थावारे निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएकी नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य तथा पार्टीको प्रदेश स्वास्थ्य विभाग संयोजक अञ्जना पाण्डेको प्रमुख उपस्थितिमा आयोजित शिविरमा १०० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । मधेशी र थारु समुदायको बाक्लो बसोबास रहेको यस वडामा महिलाहरूको प्रजनन तथा सामान्य स्वास्थ्यप्रति पहुँच र चेतना न्यून देखिएपछि लक्षित रूपमा महिला केन्द्रित शिविर सञ्चालन गरिएको हो ।

    शिविरको आयोजना नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नंं. १ बाँकेले गरेको थियो भने नेपालगञ्जस्थित एचसीआरसी अस्पतालले प्राविधिक सहयोग पुरयाएको थियो । राप्ती सोनारी गाउँपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा चिकित्सक डा. मञ्जु वि.सी.को नेतृत्वमा महिला विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

    अवसरमा राप्ती सोनारी गाउँपालिका–७, नन्कौपुरमा एक दिने महिला सम्वन्धि स्वास्थ्य अवस्थावारे निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएकी नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य तथा पार्टीको प्रदेश स्वास्थ्य विभाग संयोजक अञ्जना पाण्डेको प्रमुख उपस्थितिमा आयोजित शिविरमा १०० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । मधेशी र थारु समुदायको बाक्लो बसोबास रहेको यस वडामा महिलाहरूको प्रजनन तथा सामान्य स्वास्थ्यप्रति पहुँच र चेतना न्यून देखिएपछि लक्षित रूपमा महिला केन्द्रित शिविर सञ्चालन गरिएको हो ।

    शिविरको आयोजना नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नंं. १ बाँकेले गरेको थियो भने नेपालगञ्जस्थित एचसीआरसी अस्पतालले प्राविधिक सहयोग पुरयाएको थियो । राप्ती सोनारी गाउँपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा चिकित्सक डा. मञ्जु वि.सी.को नेतृत्वमा महिला विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

  • ७ श्रावण २०८२, बुधबार २०:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित