मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विपद जोखिम न्यूनिकरणकालागि निजि विद्यालयहरुले सुरक्षा योजना बनाउने
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज, श्रावण १३। नेपालगञ्ज उपमहानगरपालिकाका निजि विद्यालयहरुले समेत बृहत्तर विद्यालय सुरक्षा योजना बनाउने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले मंगलवार आयोजना गरेको निजि विद्यालयसंगको छलफल कार्यक्रममा विपद जोखिम न्यूनिकरणकालागि विद्यालयको समग्र सुरक्षाकालागि उक्त योजना बनाउने सहभागिहरुले बताएका छन् ।नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर ।।) को प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका विपद् समिति संयोजक समिर प्रताप सिंहले विपदजन्य जोखिम न्यूनीकरणमा निजि विद्यालयहरुलाई समेत सबल र सक्षम बनाउन आवश्यक रहेको बताउनुभयो ।शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले विपदमा विद्यालयले अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे विद्यालयले फोकल शिक्षक तोकेर आर्जन गरेको ज्ञान र सीप विपद पूर्व तयारी, प्रतिकार्य र व्यवस्थापनमा उपयोगी गर्न आग्रह गर्नुभयो । महाशाखा प्रमुख थापाले भूकम्प लगायत अन्य विपदका घटनाहरुमा विद्यालयले ध्यान दिनुपर्ने र पूर्व तयारी गर्नुपर्ने विषयहरुमा केन्द्रित रहेर सममुदायिक विद्यालय संगै निजि विद्यालय समेतको सहभागितामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

    आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिृकत रुपन ज्ञवालीले तालिमपछि सवै निजि विद्यालयले वृहत्तर विद्यालय योजना बनाउने साथै विपद जोखिम न्यूनिकरणकालागि कृत्रिम घटना अभ्यास गर्ने सहमति भएको जानकारी दिनुभयो । बृहत् विद्यालय सुरक्षा सम्बन्धि योजना तयार गर्ने तथा विद्यालयमा सचेतना प्रबद्र्धन गर्ने उद्देश्य रहेको प्रशिक्षण कार्यक्रममा ३ दर्जन निजि विद्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।सुपरको सहयोगमा नेपालगंजमा संचालित ३० सामुदायिक विद्यालयमा बिहत्तर सुरक्षा योजना निर्माण यस अघि नै निर्माण भैरहेको महाशाखाले जनायको छ।
    युरोपियन युनियनको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपर सञ्चालनमा रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

  • १३ श्रावण २०८२, मंगलवार २०:४२ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित