मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मिडिया काउन्सिल बिधेयक पत्रकार हकहित बिरूद्वमा आए पत्रकार महासंघले न मान्ने कार्यबाहक अध्यक्ष दिपक आर्चाय
  • मार्गरेखा संवाददाता

  • {"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

    नेपालगन्ज साउन १६ । नेपाल पत्रकार महासंघ बाँके ले पत्रकार महासंघ र प्रेस काउन्सिल नेपाल सन्दर्भ बिषयक अन्तक्रिर्या कार्यक्रम आज नेपालगन्जमा आयाेजना गरेकाे छ ।

    नेपाल पत्रकार महासंघको कार्यबाहक अध्यक्ष दिपक आर्चयले सरकारले ल्याउने मिडिया काउन्सिल बिधेयक पत्रकारहरूकाे हकहित बिरूद्वमा आएका पत्रकार महासंघले न मान्ने बताउदै  पत्रकार सुदृढीकर लाई निरन्तरता दिने बताए ।

    नेपाल पत्रकार महासंघका निर्बतमान केन्द्रीय अध्यक्ष बिपुल पाेख्ररेलले सुचना लिने प्रक्रियामा पत्रकारलाई राज्यले सुबिधा दिनु पर्छ बताउदै पत्रकारकाे सुदृढीकरण गरे मात्र पत्रकारीता सम्मान हुने बताए ।

    प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले प्रेस काउन्सिल नेपालले गर्ने हरेक काम पत्रकार मैत्री हुनु बताउदै काउन्सिलले पत्रकारहरूकाे व्यवसायिक प्रबर्द्धन गर्ने संस्था रहेकाे बताए ।

    साे अन्तक्रिर्या कार्यक्रममा सहभागी पत्रकारहरूले प्रेस काउन्सिल नेपाल संघियता मर्म अनुसार कार्य  न गरेकाे हुनाले संघियता अनुरूप कार्य गर्नु पर्ने, नेपाल पत्रकार महासंघले बिगतमा संचालन गरेकाे पत्रकार महासंघ सदस्यता सुढिकरण अभियान पुन संचालन गर्नु पर्ने, क्रियाशिल पत्रकारहरूलाई मात्र पत्रकार महासंघकाे परिचयपत्र प्रदान गर्नु पर्ने । पत्रकारहरूलाई न्युनतम पारिश्रमिक प्रदान गर्नु पर्ने, आ आफ्नो धारणमा राखेका थिए यसरी धारण राख्ने पत्रकारहरू कमल खत्री,सावित्री गिरी, प्रियास्मृती ढकाल,बिजय मल्ल,लाेकनाथ शर्मा, निरज गाैतम लगायतले सुझाव दिएका थिए ।

    कार्यक्रम नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

     

     

     

     

  • १६ श्रावण २०८२, शुक्रबार १४:२० प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित