नेपालगञ्ज, श्रावण १६। नेपालगंज उपमहानगरपालिकाले विपद् जोखिम न्यूनिकरणकालागि बजार क्षेत्रको ९ बटा बडाको विपद् जोखिम तथा क्षमता नंशाङ्कन कार्य सम्पन्न गरेको जनाएको छ ।
नेपालगंज क्षेत्रको बजार क्षेत्रलाई पहिलो प्राथमिकता राखेर बडा न १ ,२ ,३, ४, ५, ६, ७, ८ र ११ को वृहत रुपमा जोखिम तथा क्षमता नशाङ्कन कार्य संम्पन्न भएको उपमहानगरपालिका नापी शाखाले जनाएको छ । विहिवार एक कार्यक्रममा उपमहानगरपालिकाका जनप्रतिनिधि तथा शाखा प्रमुखहरुलाई हालसम्म भएको स्रोत, क्षमता र जोखिमको नक्साङ्कन कार्यको बारेमा जानकारी दिदै नापी शाखा प्रमुख मन राज थापाले शहरी क्षेत्रवाट शुरु गरेपनि २३ बटै बडाको जोखिम तथा क्षमता नशाङ्कन कार्य गर्दै जाने जनाउदै पहिलो चरमा सम्पन्न बडाहरुमा भएको विभिन्न सूचनामूलक नक्शावारे जानकारी गराउनु भयो । उक्त कार्यकालागि बडाको जोखिम क्षेत्र, जोखिम घरहरु, खुल्ला क्षेत्रहरु,सडक, सार्वजनिक क्षेत्रलगायतका सूचनाहरु समेटी नशाङ्कन कार्य गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा उपप्रमुख कमरुदिन राइले पालिकास्तरमा विपद् व्यवस्थापनमा नविनतम कार्यहरु भएको बताउदै कार्यान्वयनमा पनि जोड दिन आग्रह गर्नभयो ।विगत केही बर्षदेखी विपद् व्यवस्थापनकालागि राम्रा राम्रा कामहरु भएको बताउदै आगामी दिनमा पनि प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामहरि शर्माले पालिको सूचना व्यवस्थापन र योजना निर्माणमा सूचनामूलक नक्शाकङ्न कार्य महत्वपूर्ण हुने वताउदै यसैको आधारमा योजना निर्माण कार्यमा सहयोग पुग्ने विश्वास गर्नुभयो ।
नेपालगंज उपमहानगरपालिकामा संचालन भईरहेको शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजनाको सहयोगमा उकत कार्य गरिएको कार्यक्रममा जानकरी गराइएको थियो । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।










