मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल प्रेस युनियन बाँकेले तीज बिशेष लगायत कार्यक्रम गर्ने 
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज साउन १८ । नेपाल प्रेस युनियन बाँकेले यस वर्ष पनि तीज विशेषलगायतका कार्यक्रम गर्ने निर्णय गरेकाे छ ।
    प्रेस युनियन बाँके शाखाका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा शनिबार बसेको बैठकले तीज विशेषलगायतका कार्यक्रम गर्ने निर्णयहरु गरेको हाे ।
    शाखाले बैठकबाट गरेकाे दुई वटा निर्णय अन्तर्गत विभिन्न कार्यक्रम आयाेजना गरिने निर्णय भएकाे अध्यक्ष ढकालले जानकारी दिनुभयाे ।
    जस अन्तर्गत शाखाले यस वर्ष हरितालिका तीज पर्वको अवसरमा `तीज मिलन तथा लेखनवृत्ति´ प्रतियोगिता गर्ने भएकाे छ । उक्त कार्यक्रम भाद्र ६ गते शुक्रबार गर्ने तय गरेकाे छ ।
    साे कार्यक्रमलाई भव्य बनाउनका लागि शाखाका उपाध्यक्ष निशा शाहको संयोजकत्वमा ६ सदस्यीय समिति गठनसमेत गरेकाे छ । संयाेजक शाहसंगै समिति सदस्यहरूमा लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मला चौधरी, आरती कटेल र सुविता थारु रहनुभएकाे छ ।
    यस्तै लेखनवृत्ति प्रतियोगिता तथा तीज विशेषांङ्क युनियन बुलेटिनका लागि सचिव लोधको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेकाे छ । समिति सदस्यहरूमा खडक खत्री, शुकराम चिडिमार, अभिषेक गुप्ता र प्रेम सिंह एस के रहनु भएकाे छ ।
    शाखाले तीजको मौलिकता र तीज सम्बन्धि महिला पत्रकारहरुद्वारा लेखिएका उत्कृष्ट लेख तथा फिचर स्टोरीलाई पुरष्कृत गर्नेछ । त्यसका लागि सहभागी हुनेहरूले प्रतियोगिहरुले यही साउन महिनाको ३० गतेसम्मभित्र युनियनको इमेल ठेगाना [email protected] मा आफ्ना लेख तथा फिचर पठाइसक्नु पर्ने निर्णय गरिएको सचिव लाेधले बताउनुभयाे ।
    त्यस्तै युनियनका अग्रज निरज कुमार गाैतमकाे संयाेजकत्वमा ३ सदस्यीय समिति पनि बनाईएकाे छ । उक्त समितिमा कमल खत्री र किरण आचार्य रहनु भएकाे छ ।
    दाेस्राे निर्णय अन्तर्गत युनियन केन्द्रकाे निर्णयअनुसार ´सय दिने सदस्यता विशेष अभियान` जिल्लाले पनि प्रारम्भ गरेकाे छ । यस अभियान अवधिमा नयाँ साधारण सदस्यका लागि सदस्यता खुल्ला गरिएको छ भने नवीकरणका लागि सबै सदस्यहरुलाई आग्रह गरिएको
  • १८ श्रावण २०८२, आईतवार १८:३९ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित