मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेस सांसद संजय गाैतमले सरकार विरुद्ध सत्याग्रह गर्ने चेतावनी
  • मार्गरेखा संवाददाता

  • काठमाडौ  साउन २१ । बर्दिया  जिल्लाका लागि छुट्याइएको आयोजना सभापति शेरबहादुर देउवाको गृहजिल्लामा लगिएको भन्दै कांग्रेस सांसदले सरकार विरुद्ध सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।

    साउन २१ गते बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद सञ्जय गौतमले बर्दियाको बबई भादा ओरही नदी नियन्त्रण आयोजना बर्दियाबाट सुटुक्क डडेल्धुरा लगिएको आरोप लगाएका हुन् ।

     

    ‘अन्याय भयो, सभामुख महोदय ! सरकारले सुन्दा पनि सुनेन, देख्दा पनि देखेन । बबई भादा ओरही नदी नियन्त्रण आयोजना बर्दियाबाट सुटुक्क डडेल्धुरा पुर्‍याइयो’, गौतमले भने, ‘मैले बारम्बार सदनमा भनेँ सरकार सुन्दैन, मेरो कुरा सुनोस् । होइन भने आफ्नै सरकारको विरुद्धमा म सत्याग्रहको रूपमा उभिन्छु । यहीँबाट घोषणा गर्न चाहन्छु ।’

    यसअघि पप्पु कन्स्ट्रक्सनले बर्दियामा बनाइरहेको पुल गुणस्तरहीन भएको भन्दै गौतम सत्याग्रहमा बसेका थिए ।

  • २१ श्रावण २०८२, बुधबार १४:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित