मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एएफसी महिला यु–२० एसियन कप छनोट : नेपालद्वारा साउदी अरब पराजित
  • मार्गरेखा संवाददाता

  • काठमाडौ साउन २३ ।   सुक्रिया मियाँको निर्णायक गोलसँगै नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत साउदी अरबविरुद्ध जित निकालेको छ ।

    भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा शुक्रवार सम्पन्न समूह ‘ए’ को दोस्रो खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोली साउदीमाथि १–० को कठिन जित निकालेको हो । योसँगै नेपाल समूहको दोस्रो स्थानमा उक्लिएको छ ।

    पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । शीर्ष स्थानमा भने साबिक विजेता उत्तर कोरिया छ । उत्तर कोरियाले पहिलो खेलमै साउदीमाथि १५–० गोलको फराकिलो जित हात पारेको थियो । साउदी एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिइसकेको छ । भुटानले भने शुक्रवार नै उत्तर कोरियासँग खेल्ने छ ।

    यस सिङ्गल राउन्ड प्रतियोगितामा समूह शीर्षस्थान हासिल गर्ने टिम मात्र अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपको लागि छनोट हुनेछ । उत्तर कोरिया छनोटनजिक छ ।

    समूह चरणपछि शीर्ष तीन उपविजेता टोलीले पनि छनोटको मौका पाउने भएकाले नेपाललाई साउदीविरुद्ध उत्तर कोरियाको झैँ फराकिलो जित निकाल्नुपर्ने दबाब थियो । तर, नेपाललाई गोल गर्न अतिरिक्त समयसम्म पर्खिन पर्‍यो ।

  • २३ श्रावण २०८२, शुक्रबार १७:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित