मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काँग्रेसले आत्मविश्वास हराएको पार्टीले देश सम्हाल्न नसक्ने महामन्त्री गगन थापा
  • मार्गरेखा संवाददाता

  • भक्तपुर साउन २५ ।   नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले  काँग्रेसले आत्मविश्वास हराएको पार्टीले देश सम्हाल्न नसक्ने भन्दै सबैले आत्मसमीक्षासहित पार्टी निर्माणमा लाग्नुपर्ने बताए । साे कुरा शनिबार बालकोटमा आयोजित स्व श्यामबहादुर कार्कीको १८औँ स्मृति सभालाई संम्बाेधन गदै बताएका हुन । महामन्त्री  थापाले   चुनाव हारिन्छ भन्ने डरका कारण राजनीति कमजोर बन्दै गएको बताउद‌  डर त्यागेर अगाडी बढ्नु पर्ने बताए।

    थापाले  पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक रहेको बतााउदै  नेपाली समाजमा असन्तुष्टि छन्, नागरिक रिसाएको अवस्था छ। यसबाट देशलाई बाहिर निकाल्ने र सम्हाल्ने काम काँग्रेसको काँधमा छ। देश बनाउनसक्ने काँग्रेसले हो भन्ने सन्देश दिनेगरी काम गर्न आवश्यक छ,’ उनले भने, ’पार्टीभित्र चुनाव हारिन्छ कि भन्ने डरका कारण राजनीति कमजोर बन्दै गएको छ। त्यो डर त्यागेर काँग्रेसलाई बलियो बनाउन अग्रज नेताको मार्गनिर्देशन पालन गर्न लागौँ।’

    महामन्त्री थापाले देशका समस्याको समाधान दिनुपर्ने पार्टीमै आत्मविश्वास कमजोर भएको जस्तो देखिएको उल्लेख गर्दै त्यसलाई मजबुत बनाउन आवश्यक रहेको बताए।

  • २५ श्रावण २०८२, आईतवार १०:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित