नेपालगञ्ज भदै १ । जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो चार दिनमा विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गर्दै ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
साउन २९ गते नेपालगञ्ज उपमहानगरपालिका–३, एकलैनी नजिकै विशेष सूचनाका आधारमा अपरेसन सञ्चालन गर्दा प्रहरीले २६ वर्षीय बिर बहादुर बि.क.लाई पक्राउ गरेको छ । उनको साथबाट ४७ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यस्तै साउन ३० गते उपमहानगरपालिका–६, फुल्टेक्रा बस्ने २५ वर्षीय अस्मार अली र २१ वर्षीय मोहम्मद अफरोज शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट ५० ग्राम २४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।यसैबीच, साउन ३० गते उपमहानगरपालिका–४, बसपार्क पछाडि भारत बहराइच जिल्लाका २० वर्षीय अजमलि र २० वर्षीय अजमलि कुमारलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट १० ग्राम ५१० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।साउन ३० गते नेपालगञ्ज उपमहानगरपालिका–११, त्रिभुवन चौक नजिकै २६ वर्षीय सुस्मत कादरिया पक्राउ परेका छन् । उनको साथबाट १९ ग्राम ४६० मिलिग्राम लागुऔषध जस्तो देखिने पदार्थ बरामद भएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।










