मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक
  • मार्गरेखा संवाददाता

  • काठमाडौ भदाै  २ । यो बर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक भएको छ। प्रकाश सपुत र समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘बेला बितेसि’ सार्वजनिक भएको हो। गीतमा प्रकाश सपुतको शब्द संगीत र श्याम स्वेत रसाईलीको मिक्सिङ्ग/ मास्टरिङ्ग रहेको छ। गायक तथा सर्जक सपुतले आफ्नो मौलिकपनको आभाष गीत मार्फत गराएका छन्। मौसम हिमालीको कोरियोग्राफी रहेको गीतमा चलचित्रका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेका छन्। रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियोमा प्रकास र स्वस्तिमाको प्रेम देख्न सकिन्छ। गीतको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् । यसअगाडी सार्वजनिक चलचित्रका पोष्टरले दर्शकको ध्यान खिचिरहेको छ। गीतले दर्शकको मन जित्ने देखिन्छ।

    दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ।

    एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

  • २ भाद्र २०८२, सोमबार १६:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित