मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

निराहार व्रत स्वास्थ्यका लागि राम्रो हुँदैन : पोषणविद्
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ, भदौ ९ गते । नेपाली समाजमा तीजको अघिल्लो दिन माइतीले छोरी–चेलीलाई मीठा–मीठा परिकार पकाएर दर खुवाउने प्रचलन छ ।

    प्रचीन कालदेखि दुधबाट बनेको परिकार जस्तै खीर, चाम्रे, ढकनी, पुरी, आलुको अचार र घरमा नै बनाएर दरका रूपमा खाने प्रचलन छ । दर ठाउँ अनुसार भिन्न भिन्न हुने गर्छ  । तीजको दर खाँदा जति मिठो हुन्छ स्वास्थ्यका हिसाबले उत्ति नै फाइदाजनक हुने पोषणविद् बताउँछन् ।

    परम्परागत रूपमा खाइने दरमा प्रोटिन, काब्रोहाइड्रेट, क्यालोरी प्रशस्त मात्रामा पाइने हुँदा भोलिपल्ट व्रत बस्न शरीरमा शक्ति प्रदान गर्ने पाटन अस्पतालकी पोषणविद् योगिता सापकोटा बताउनुहुन्छ ।

    पछिल्लो समय एक महिना अघिदेखि नै दर खाने रमाइलो गरेर तीज मनाउने प्रचलन बढ्दै गएको छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन हुँदा स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन स्वास्थ्य समस्या निम्तिने उहाँको भनाइ छ ।

    उहाँ भन्नुहुन्छ, “लामो समयसम्म अत्यधिक गुलियो, चिल्लो, धेरै प्रशाेधित खानेकुरा खाँदा स्वास्थ्यमा तत्कालीनदेखि दीर्घकालीन स्वास्थ्य समस्या देखिन्छन् ।”

    दरको नाममा लामो सयमसम्म अत्यधिक धेरै प्रशाेधित खाना खाँदा पेट फुल्ने, झाडापखाला लाग्ने, वान्ता हुने जस्ता तत्कालीन स्वास्थ्य समस्या निम्तिने हुँदा भोलिपल्ट लिइने व्रतलाई समेत असर पुग्ने गर्छ ।

    पछिल्लो समय दुई तीन महिना अगाडिदेखि दर खाने प्रचलन बढ्दो छ । लामो समयसम्म दर खाँदा मोटोपन, प्रेसर, मुटुको समस्या निम्तिने गर्छ । दर खाँदा सन्तुलित खाना खान उहाँको सुझाव छ ।

    दीर्घरोगीले चाडवाडमा खाने समय नमिल्ने हुँदा झनै रोग बढ्ने भउकाले समयसमयमा खाना खान उहाँको आग्रह छ ।

    व्रत शारीरिक रूपमा निकै फाइदाजनक हुन्छ । व्रत बस्नु उपयुक्त हुने भए पनि पानी पनि नखाई  व्रत बस्नु शरीरका लागि उपयुक्त नहुने उहाँ बताउनुहुन्छ ।

    पानी नखाइ व्रत बस्दा रिँगटा लाग्ने, बेहोस, कमजोर हुने, चिडचिड हुने जस्ता स्वास्थ्य समस्या निम्तने उहाँको भनाइ छ । गर्भवती, दीर्घरोगी, वृद्धवृद्धाले व्रत नबस्नु नै उपयुक्त हुने उहाँ बताउनुहुन्छ । साभार गाेरखापत्र अनलाइनबाट

  • ९ भाद्र २०८२, सोमबार १२:०५ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित