मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारततर्फ लैजाँदै गरेको अवैध चाइनिज इलेक्ट्रिक भेप ठुलाे परिमाणमा बरामद
  • मार्गरेखा संवाददाता

  • नेपालबाट भारतको सीमा क्षेत्रबाट ठूलो परिमाणमा चिनियाँ विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ ।

    मधुवन नगरपालिकाको वडानं.५ को दश नम्बर गाउँको फुलराम चोक बाट  स्पेशम्यान एसपि चालिस हजार नामक चिनियाँ विद्युतीय  चुरोट( इलेक्ट्रिक भेप)एक हजार ९ सय २० थान बरामद गरेको हो ।

    सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको कमान्डमा खटिएको टोलीले साईकलमा ओसार पसार गर्न लागेको अवस्थामा बरामद गरेको खुलेको छ ।

    उक्त चुरोटको एउटाको दुई हजार पाँच सय बजार मूल्य रहेको छ । सशस्त्र प्रहरीका अनुसार बरामद चुरोटको मूल्य ४८ लाख पचास हजार रहेको छ । सशस्त्र प्रहरीका एसपि मान बहादुर शाहीको विशेष सुराकीको आधारमा परिचालित प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा चुरोट बरामद गर्न सफल भएको छ ।

    सीमा क्षेत्रबाट बरामद स्पेशम्यान एसपि चालिस हजार नामक चिनियाँ विद्युतीय  चुरोट( इलेक्ट्रिक भेप)गुलरियास्थित राजापुर भन्सार कार्यालयमा बुझाउने एसपि शाहीले जानकारी दिए ।

  • ९ भाद्र २०८२, सोमबार १२:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित