मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु
  • मार्गरेखा संवाददाता

  • डडेल्धुराको नवदुर्गा गाउँपालिकामा बिहीबार बिहान एक जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित अन्य ६ जना घाइते भएका छन्।

    ठाँटाबजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको जिप कच्ची सडकबाट तल खसेको थियो।

    जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार बिहान करिब ९ बजेतिर नवदुर्गा गाउँपालिका-५, चौडस्थित कच्ची सडकखण्डमा उक्त दुर्घटना भएको हो। चालक रामबहादुर साउदले चलाइरहेको से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो।

    प्रहरीले मृतकहरूको सनाखत गरेको छ। दुर्घटनामा परी नवदुर्गा गाउँपालिका-५ बस्ने १८ वर्षीय शुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको हो।

    त्यसैगरी, दुर्घटनामा परी घाइते हुनेहरूमा नवदुर्गा-५ की १८ वर्षीया शुसिला बिक, ४ वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्र बहादुर साउद, ४२ वर्षीय गणेश बहादुर साउद, ४४ वर्षीय प्रकाश बिक र चालक ३५ वर्षीय राम बहादुर साउद रहेका छन्।

  • १२ भाद्र २०८२, बिहीबार १२:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित