मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन
  • मार्गरेखा संवाददाता

  •  काठमाडौ भदाै १४ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ ।

    उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा आज शनिबार उनको निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले बताए ।

    पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो।

    पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य चुनिएकी थिइन् ।

  • १४ भाद्र २०८२, शनिबार २१:३३ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित