जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले श्रेष्ठको घरमा अवैध सुन र नगद भेटिएको बताए। उनका अनुसार अन्दाजी ३ करोड ७५ लाख नगद भेटिएको छ। रकम गन्ने काम भइरहेको छ।
गोरखा नगरपालिका-१ घर भई हाल काठमाडौं-२६ बस्ने ७६ वर्षीय विनोद श्रेष्ठको घरबाट उक्त रकम बरामद गरिएको हो। करिब ४ करोड फेला परेको घरबाट प्रहरीले सुनका गहना पनि बरामद गरेको छ।
गोरखाका विनोद श्रेष्ठको घरबाट तयारी अवस्थाका गहना समेत बरामद गरिएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विनोद श्रेष्ठले सुन धितो राखेर पैसा दिने काम गर्थे। उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बसपार्कबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।










