मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डुडुवा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई प्लाष्टिक त्रिपाल वितरण
  • मार्गरेखा संवाददाता

  •  

    डुडुवा (बाँके) २३ भदौ । डुडुवा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई प्लाष्टिक त्रिपाल वितरण गरेको छ ।
    फुस तथा कच्ची घरमा भएका परिवारलाई बर्षाको समयमा ओत लाग्नका लागि पालिकाले प्लाष्टिक त्रिपाल र डोरी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार डुडुवा बाढी प्रभावित क्षेत्र भएको र यहाँका अधिकाँस नागरिक गरिबीमा परि सबैले पक्की घर निमार्ण गर्न नसकेका परिवारलाई वर्षाको समयमा घरमा बस्न सहजताका लागि त्रिपाल वितरण गरिएको हो ।
    पालिकाको वडा नं. १ देखि ६ सम्म करिब तीन हजार घरधुरीलाई त्रिपाल र डोरी वितरण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले जानकारी दिनुभयो । पालिकाले बाढी तथा डुबान पिडितहरुको लागि विभिन्न स्थानमा आश्रयस्थल निमार्ण गरेको छ ।
    पालिकाले स्वास्थ्य, कृषि, तथा पशु सेवालाई घरघरमा पुगेर नियमित रुपमा नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।

  • २३ भाद्र २०८२, सोमबार १७:२७ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित