मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल प्रेस युनियनले वर्तमान संविधानकै परिधिमा रहेर सरकार गठनकाे माग
  • मार्गरेखा संवाददाता

  • CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

    काठमाडौ भदाै २५ ।   नेपाल प्रेस युनियनले वर्तमान संसद र संविधानकै परिधिमा रहेर सरकार गठनलगायतका प्रक्रिया अघि बढाई संविधान प्रदत्त नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका विश्वव्यापी मान्यताहरूको अभ्यास गर्न सबै पक्षलाई आग्रह गरेको छ  छ।

    जेनजीको आन्दोलनपछि उत्पन्न जटिल परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव  लम्सालले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा भएको राज्यको दमन, २३ जनाभन्दा बढी निहत्था नागरिकको मृत्यु, प्रधानमन्त्रीको राजीनामा, र सार्वजनिक तथा निजी सम्पत्तिको व्यापक तोडफोडले देश संकटपूर्ण अवस्थामा पुगेको उल्लेख छ। यस्तो अवस्थामा सबै देशवासीलाई संयमित र संवेदनशील भई देशको रक्षा गर्न सक्रिय हुनुपर्नेमा जोड दिइएको छ।

    नेपाली सेनाले सुरक्षा व्यवस्थाको जिम्मेवारी आफैंले लिने घोषणापछि सिर्जित नयाँ परिवेशलाई उचित ढंगले व्यवस्थापन गर्नुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ। संक्रमणकाल लम्ब्याउने र कुशल व्यवस्थापन गर्न नसक्ने हो भने मुलुकले थप क्षति व्यहोर्नुपर्ने जोखिमप्रति सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ।

    लम्सालले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्दै संवादमार्फत तत्काल निकास निकाल्न र लोकतन्त्रको अभ्यास सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार हुन अपील गर्नुभएको छ। “लोकतन्त्रको विकल्पमा अरू कुनै विकल्प हुन सक्दैन,” विज्ञप्तिमा भनिएको छ।

    यस्तो संवेदनशील अवस्थामा नागरिकको सत्य र तथ्यपूर्ण सूचना प्राप्त गर्ने अधिकारलाई जोड दिँदै सही सूचनाको अभावमा अफवाह फैलने र थप समस्या उत्पन्न हुने जोखिमप्रति सचेत रहन पत्रकारहरूलाई आग्रह गरिएको छ। सूचनाको सहज प्रवाहका लागि नेपाली सेना र राज्यका सबै संरचनालाई सहयोग गर्न पनि अनुरोध गरिएको छ।

  • २५ भाद्र २०८२, बुधबार १७:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित