मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल पत्रकार महासंघ बाँकेकाे वेबसाइट सार्वजनिक
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असोज ८ । नेपाल पत्रकार महासंघ बाँकेले शाखाले बुधबार  शाखा वेबसाइट सार्वजनिक गरेको छ ।
    नेपाल पत्रकार महासंघ बाँके द्वारा बुधबार नेपालगन्जमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले शुभारम्भ गरेका थिए ।
    कार्यक्रममा डब्लु डब्लु जे बाँकेका अध्यक्ष बिमला चौधरी, प्रेस सेन्टर बाँकेका सहसचिव सन्तोष बिष्ट,समाजबादी पत्रकार संघ बाँके अध्यक्ष लोकनाथ शर्मा,प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डागी,नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृती ढकाल, नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्षद्वय निरज गौतम, प्रेम के सी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई लगायत वक्ताहरूले बर्तमान मुलुकको अवस्था अत्यन्तै जटिल रहेको हुनाले पत्रकारहरूले अत्यति संम्बेदनशिल भएर संबिधान र प्रेस स्वतन्त्र पक्षमा एकजुट हुनु पर्ने आ आफ्नो धारणामा ब्यक्त गरेका थिए ।
    कार्यक्रम नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

  • ८ आश्विन २०८२, बुधबार १३:०३ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित