मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संविधानबाटै मुलुकका सबै जटिलताहरूको समाधान गर्न सकिन्छ : सभापति देउवा
  • मार्गरेखा संवाददाता

  • काठमाडौं असाेज १३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानबाटै मुलुकका सबै जटिलताहरूको समाधान गर्न सकिने बताएका छन्। दशैंको शुभकामना दिँदै उनले मुलुकमा स्थिरता र प्रगति संविधानबाट सुनिश्चित भएको बताएका हुन्।

    ‘संविधान मुलुकको सर्वोच्च कानून भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ। सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षा बमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधि मार्फत् बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताहरूको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित छ।’ उनले भने, ‘नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ। यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु।’

  • १३ आश्विन २०८२, सोमबार ०९:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित