मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेता शेखर कोइराला निकट जिल्ला सभापतिहरू नियमित महाधिवेशनको पक्षमा
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका जिल्ला सभापतिहरू पार्टीको नियमित महाधिवेशनको पक्षमा उभिएका छन् । पार्टी केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको पदाधिकारी, पूर्व पदाधिकारीहरूको परार्मश छलफलमा विशेष महाधिवेशनको मुद्दा उठिरहेका बेला नेता शेखर कोइराला निकट जिल्ला सभापतिहरू नियमित महाधिवेशनको पक्षमा  देखिएका हुन् ।

    महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा खुलेर सक्रिय रहेका बेला जिल्ला सभापतिहरूले केन्द्रको मात्र नेतृत्व परिर्वतनको विपक्षमा उभिएका छन् । जिल्ला सभापतिहरूले तत्काल सबै जिल्ला सभापतिहरू भेला बोलाएर नियमित महाधिवेशनका लागि सभापति शेरबहादुर देउवासहित केन्द्रीय समितिलाई दवाव दिने भएका छन् ।

    काठमाडौं उपलब्ध जिल्ला सभापतिहरू रामनाथ अधिकारी (धादिङ),महेन्द्रध्वज जीसी (नवलपुर),तेजेन्द्र खनाल (ओखलढुंगा), बुद्ध लामा (मकवानपुर),रूपनारायण जबेगु (पाँचथर), बर्मा लामा (दोलखा), रमेशकुमार महत (नुवाकोट) र डिकबहादुर लिम्बु (मोरङ)ले विशेष महाधिवेशन होइन नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । त्यसका लागि केन्द्रीय समितिले नियमित महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने उनीहरूको बुझाइ छ ।

    त्यस्तै महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने पक्षमा रहेका जिल्ला सभापतिहरूले भेलापछि पार्टीको विधान संशोधनसहितका विषय समेटेर सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी भएको एक जिल्ला सभापतिले जानकारी दिए । जिल्ला सभापतिहरूसँग समन्वयका लागि उनीहरू जिल्ला सभापतिले प्रदेश अनुसार कार्यविभाजनसमेत गरेको ती जिल्ला सभापतिले जानकारी दिए ।

    अधिकांस जिल्ला सभापति नियमित नियमित महाधिवेशनको पक्षामा रहेके उनले दाबी गरे ।

    नेता शेखरसहितका नेताहरू छिटो र छोटो प्रक्रियाबाट नियमित महाधिवेशनको पक्षमा छन् भने महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशनको पक्ष उभिएका छन् । सभापति देउवासहितका संस्थापन पक्षका नेताहरू विशेष महाधिवेशनले पार्टी विभाजन हुने र तत्काल महाधिवेशन पनि सम्भव नरहेको जिकिर गर्दै आएका छन् । सभार नागरिक दैनिक अनलाइन बाट

  • २६ आश्विन २०८२, आईतवार २०:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित