नेपालगन्ज कात्तिक १३ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका–९ बस्ने ३८ वर्षीया अली शेफ र ए.ए. बस्ने ३१ वर्षीय बन्नु शेखलाई लागू औषधसहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१३ स्थित रोयल क्याफे नजिक चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । खानतलासी गर्दा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ ४ ग्राम ५१० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको पदार्थ लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेका दुबै जनामाथि अदालतबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य अघि बढाइएको छ ।










