मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राजनीतिक दलमा आबद्ध शिक्षासँग सम्बन्धित संघसङ्गगठनलाई मन्त्री पुनले मान्यता नदिने
  • मार्गरेखा संवाददाता

  • काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासँग सम्बन्धित पेशागत सङ्गठन र विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीका पेशागत संघसङ्गठन मान्यता नदिने बताएका छन्। आइतबार उनले राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृसङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गगठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराएका हुन्।

    नेपाल शिक्षक महासंघ तथा नेपाल शिक्षक महासंघसँग आबद्धता लिएका पेशागत सङ्गठन र विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीका पेशागत संघसङ्गठन पेशागत कर्तव्य, नैतिक दायित्व र पेशागत आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र उक्त कारणले शैक्षिक गुणस्तर खस्किँदै गएको जनगुनासो प्राप्त भएकाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरेका छन्।

    ʻकुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु,ʼउनले भने,ʻसाथै, विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृसङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउँदछु।ʼ

    मन्त्री पुनले आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीतका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बताए।

  • २३ कार्तिक २०८२, आईतवार १६:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित