मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

निवर्तमान आईपीजी खापुङलाई विदेश जान रोक
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जााचबुझ आयोगले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश जान रोक लगाएको छ ।आयोगको आज बसेको बैठकले निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो ।

    आयोगले आफ्नो अनुमतिविना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि नपाउने निर्णय गरेको छ । खापुङ आजैदेखि प्रहरी महानिरीक्षकबाट सेवा निवृत्त हुनुभएको थियो ।

    आयोगले भदौ २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले आजैदेखि लागू हुने गरी विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको हो ।

    यसबारे खापुङलाई जानकारीसमेत दिइसकेको आयोगले जनाएको छ ।

  • २७ कार्तिक २०८२, बिहीबार १३:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित