मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मलद्वारमा लागूऔषध खैरो हेरोइन लुकाएको अवस्थामा एक जनालाई पक्राउ
  • मार्गरेखा संवाददाता

  • टिकापुर कैलाली मंसिर २६। कैलालीमा मलद्वारमा लागूऔषध खैरो हेरोइन लुकाएको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय टीकापुरले मलद्वारमा सात ग्राम दुई सय मिलिग्राम लागूऔषध खैरो हेरोइन लुकाएर ल्याउने लम्कीचुहा नगरपालिका-१ बस्ने २८ वर्षीय सेराज सल्मानीलाई पक्राउ गरेको हो।

    उनलाई टीकापुर नगरपालिका–९, खकरौला बिट नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दै उनीमाथि तलासी गर्ने क्रममा मलद्वारभित्र लुकाई राखेको कालो प्लास्टिकको एक पोका खैराे हेराेइन बरामद गरेकाे हाे । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • २६ मंसिर २०८२, शुक्रबार ०९:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित