मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ओली र पोखरेलले भोट हालेर सुरु गरे मतदान
  • मार्गरेखा संवाददाता

  • काठमाडौं पुस २  । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

    अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान सुरु भएको हो । ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर सुरु गरेका हुन् । ओलीले ७७ नम्बरको मेसिनबाट भोट हालेका हुन् भने पोखरेलले ७६ नम्बरको मेसिनबाट ।

    मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो ।

    बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसेका थिए ।

    विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट भइरहेको मतदानमा २२६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

    नयाँ नेतृत्वमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।

    मतदान भइरहँदा प्रत्याशीहरुले प्रतिनिधिहरुसँग मत मागिरहेका छन् भने प्रतिनिधिहरुले पनि आफूले रुचाएका उम्मेदवारको प्रचारप्रसार गरिरहेका छन् ।

  • २ पुष २०८२, बुधबार ०९:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित