मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा
  • मार्गरेखा संवाददाता

  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्ट्,सब इन्जिनियर गणेश राज उपाध्याय,लेखापाल हर्क देव जोशी,बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बहादुर बोहरा,सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीको मिलेमतोमा गाउँपालिकालाई गैरकानुनी हानि नोक्सानी पुर्‍याएको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।

    अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार बित्थडचिर गाउँपालिका वडा नम्बर १ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा कमसल निर्माण सामाग्री प्रयोग गरेको,प्राविधिक रुपमा उक्त ठाउँको डीपीआर नगरी निर्माण गरेको,काम सम्पन्न  नगरी रकम हिनामिना गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्ट्सहित ६ जनाको मिलेमतोमा १४ लाख ६६ हजार  ५०३ रुपैयाँ हिनामिना गरेको खुल्न आएको अख्तियारको ठहर छ।

    सोही रकम बराबर उनीहरूविरुद्ध जनही बिगो माग गरिएको छ। खेल मैदान निर्माणका नाममा झुट्टा नापी किताब,बिल, भराइ समेतका कागजात बनाइ /बनाउन लगाइ बढी तथा दोहोरो भुक्तानी लिएको उनीहरूमाथि आरोप छ।

  • २ पुष २०८२, बुधबार १९:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित