मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

    ब्युरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

    उनका अनुसार पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका– १३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका– १२  की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका– ४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद छन् ।

    काठमाडौं उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेस्टहाउसलगायत दोहोरी सेन्टरहरूमा नाबालिकालाई आर्थिक लाभ लिई यौनशोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्युरोबाट खटिएको प्रहरीले छापा हानेर उनीहरूलाई पक्राउ गरी बालबालिकाको उद्धार गरेको हो ।

    प्रहरीले काठमाडौं ठमेलस्थित गोल्डेन स्पा, चाबहिलस्थित फायर लाउन्ज एन्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर र खप्तड सुदूरपश्चिम गेस्टहाउसबाट ती बालिकाको उद्धार गरिएको प्रवक्ता खड्काले बताए । उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

  • ४ पुष २०८२, शुक्रबार ११:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित