नेपालगन्ज पुस ८ । नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले फागुन २१ गते आमनिर्वाचन भएन्न भने देश गृहयुद्ध तिर जाने बताएका छन ।
सो कुरा नेपाली काँग्रेसका पुर्व सभापति तथा पुर्व प्रधानमन्त्री सन्त नेता स्व कृष्णप्रसाद भट्टराईको १०२ ओै जन्मजयन्ती एव नेपाली काँग्रेस बाँकेद्वारा निर्माण गरेको सुशील कोईराला स्मृति भवनको आज नेपालगन्जमा उद्घाटन गदै बताएका हुन ।
सहमहामन्त्री राठौरले देशलाई समाप्त गर्ने उदेश्य लिई गरेको हिसात्मक आगजनीको जिम्मेवारी जेन जि ले जिम्मेवारी लिनु पर्ने बताएका छन ।
सहमहामन्त्री राठौरले नेपाली काँग्रेस कमजोर भएमा लोकतन्त्र हुनुका साथै देशबिकाश निर्माण नहुने बताए ।
सहमहामन्त्री राठौले पार्टीको नेतृत्व कमजोर बनाउनु भनेको पार्टीलाई समाप्त गर्ने उदेश्य हो बताउदै पार्टी बलियो बनाउनका लागि नेतृत्व बलियो बनाउनु पर्ने बताए ।
नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलेको सभापतित्वमा भएको भवन उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू दिपक गिरी, संजय गौतम, गोपाल दहित, मान बहादुर बिक लगायतका बक्ताहरूले मन्तव्य राखेका थिए । सो कार्यक्रममा नवनिर्माण गर्ने सहयोगीहरूलाई सम्मान गरेको थियो ।










