मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चुनावी सहकार्यका लागि रास्वपाका कोही नेतासँग कुराकानी भएको छैन प्रचण्ड
  • मार्गरेखा संवाददाता

  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखिएको भन्ने खबर असत्य भएको बताएका छन् ।

    विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रचण्डले उक्त समाचार पूर्णतः झुठ्ठा रहेको स्पष्ट पारेका छन् । उनका अनुसार चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले कुनै प्रकारको कुराकानी भएको छैन ।

    प्रचण्डले सम्बन्धित पक्षको पुष्टिबिना एकपक्षीय ढंगले प्रवाह गरिएका यस्ता असत्य समाचारको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । साथै, जिम्मेवार पत्रकारिता अभ्यास गर्न सञ्चारमाध्यमहरूलाई सचेत रहनसमेत उनले अनुरोध गरेका छन् ।

  • १० पुष २०८२, बिहीबार १०:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित