मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे डुडुवामा नेपाल कै  सबै भन्दा अग्लो १ सय ५१ फिटको शिव प्रतिमा निर्माण हुदै
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज पुस २० । बाँके डुडुवा गाउँपालिकाले धार्मिक प्रर्यटन क्षेत्रको विकासका लागि रणनीतिक रुपमा अघि बढेको छ । गाउँपालिका अन्र्तगत विभिन्न स्थानमा प्रर्या प्रर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न थालिएको हो ।
    पालिकामा रहेका विभिन्न मठ मन्दिर, मस्जिद, चर्चलगायत, बन क्षेत्र, राप्ती नदी तथा डुडुवा नालालगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दिर्घकालिन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार पर्यटकिय दृष्टिकोणले डुडुवालाई पहिचान गराउनका लागि प्रर्यटनसंग जोडेर विभिन्न परियोजना संचालन गरिएको छ ।
    डुडुवामा नेपाल कै  सबै भन्दा अग्लो १ सय ५१ फिटको शिव प्रतिमा (स्टेचु अप शिवा) बनाउन शुरु गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नं. २ स्थित रामनगर पाझामा शिव प्रतिमा निमार्ण गर्नका लागि जग्गामा पहिलो चरण अन्र्तगत वाउण्ड्री (वाल) निमार्ण गर्न शिलान्यास गरिएको छ ।
    एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष चौधरीले शिलान्यास गर्दै डुडुवामा शिव प्रतिमा बनाउने कार्य वर्षौदेखिको योजना बल्ल कार्यन्वयनमा आएको बताउनुभयो । उहाँले जग्गाको अभावमा राप्ती नदी पुल नजिक उक्त योजना असफल भएपछि रामनगर पाझामा रहेको एैलानी जमिनलाई प्रयोगमा ल्याएर धार्मिक पर्यटनको विकास गरिएको बताउनुभयो ।
    करिब २७ विगाह जग्गामा बृहत्तर रुपमा पर्यटन क्षेत्रको दिर्घकालिन प्रोजेक्ट संचानल गरि कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले बताउनुभयो । वार्ड नंं. २ मा प्रर्यटनको थुप्रै सम्भावना रहेकाले यो परियोजनाले डुडुवालाई चिनाउने वडा अध्यक्ष दुर्गाप्रसाद बर्माले बताउनुभयो । अध्यक्ष बर्माले भन्नुभयो,–‘यस वडामा धार्मिक हिसाले मठ मन्दिर, मस्जिद, झुलेङ्गे पुल, डुडुवा नाला, वगर क्षेत्र, सिमा नाका रहेको छ, यसलाई विस्तारै सौन्दर्यकरण गरिने छ, यसले पर्यटन क्षेत्रमा टेवा पुग्छ’ ।
    गाउँपालिकाको क्रमागत योजना अन्र्तगत रु १ करोड ४ लाख ६१ हजार ६ सय २१ (भ्याटबाहेक)को लागतमा कोहलपुर–११ स्थित दिपक विल्डर्सले ठेक्का पाएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्र कुमार बर्माले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको असार मसन्तसम्म वाउण्ड्री वाल निमार्णको काम सम्पन्न गर्ने गरि सम्झौता भएको छ ।

  • २० पुष २०८१, शनिबार १६:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित