नेपालगन्ज पुस २३ । नेपाली काँग्रेस बाँके क्षेत्र १ले राष्ट्रिय एकता तथा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा मंगलबार बि पि मार्ग पदयात्रा कोहलपुरबाट सुरू गरेको छ ।
बाँके कोहलपुरको खड्गवार देखि सल्यानको गुईयाबारी सम्म उक्त मार्गको प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय विपी कोइरालाले बजेट सुनिश्चित गर्दै शिलान्यास गर्ने तयारी गरेका थिए । तर, तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गतेका दिन ‘कु’ गरेपछि सडक निर्माणको काम अलपत्र परेको हुनाले बिपि मार्गको निर्माण गर्नेका लागि सरकारलाई दबाई र प्रचार गर्ने उदेश्यले आयोजना गरिएको कुरा नेपाली काँग्रेस बाँके क्षेत्र १ का सभापति पोषण के सी बताए ।
बाँकेको कोहलपुर खड्गवार देखि सुरू गरिएको सल्यान जिल्लाको गईयाबारी सम्म गरिने पदयात्रामा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य टेक नारायण भुषाल नेपाली काँग्रेस बाँकेका सचिव सुद्वान्सु कोईराला, नेपाली काँग्रेस बाँके क्षेत्र न १ का सचिव खेमु बस्नेत, नेपाली काँग्रेस कोहलपुर नगर सचिव गोबिन्द वाग्ले लगायतका दुई दर्जन नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूको सहभागीता रहेको थियो